कोरोनाबाट भारतीय दुई अभिनेत्रीको निधन

बैशाख २३,काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट भारतमा दुई अभिनेत्रीको मृत्यु भएको छ।

बलिउड तथा भोजपुरी अभिनेत्री श्रीपदा र अभिलासा पाटिलको बुधबार भाइरसको संक्रमणका कारण ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

अभिनेत्री श्रीपदाले फिल्मका साथै सिरियलमा समेत अभिनय गरिसकेकि छिन्। उनले पुराना पुरुष, धर्मसंकट, बेवफा, सनम, आजमाइस, शोले र तुफान, आखिर कौन थि वो, मेरी ललकार र आग और चिरागजस्ता फिल्ममा काम गरेकि थिइन।

उनले एकताका बलिउड स्टार धरमेद्र र राजेश खन्ननासँग पनि काम गरिसकेकि थिइन्। त्यस्तै फिल्म छिछोरेमा दिवंगत नायक शुसान्त सिंह राजपुतसँग सहायक अभिनेत्रीको काम गरेकी अभिलासा पाटिलको पनि भाइरसको संक्रमणका कारण ज्यान गएको छ।

उनले यसअघि बरुण आलियाको बद्रिनाथ कि दुल्हनीया, अक्षय कुमारको गुड न्युज र मलाल जस्ता फिल्ममा काम गरेकि थिइन्। अभिलासाले हिन्दी फिल्मका साथै मराठी फिल्ममा समेत कामक गरिसकेकि थिइन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*