एमाले वागमती प्रदेशको प्रमुख सचेतकमा निरौला
काठमाडौं, वैशाख २३ –वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रमुख सचेतकमा दीपक निरौलालाई नियुक्त गरेका छन् ।
नेकपा एमालेको दलको विधान २०७७ को दफा १३ बमोजिम मुख्यमन्त्री पौडेलले निरौलालाई प्रमुख सचेतकमा मनोनित गरेका हुन्।
मुख्यमन्त्री पौडेलले गत वैशाख १५ गते वागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्दै तत्कालीन प्रमुख सचेतक केशवराज पाण्डे आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त गरे पश्चात रिक्त रहेको उक्त पदमा निरौलालाई गरिएको हो।
निरौलालाई गत १७ गते प्रमुख सचेतकमा नियुक्त गरेको भएपनि बागमती प्रदेश सभा सचिवालयमा भने जानकारी गराइएको थिएन ।


























