एसईई र कक्षा १२ को परीक्षा स्थगित

हेटौंडा, बैशाख २७- राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । सोमबार बिहान बसेको परीक्षा बोर्डको बैठकले एसइई र कक्षा १२ को परिक्षा अर्को सूचना नभएसम्म स्थगित गरेको हो । अहिले कोरोना संक्रमणका कारण परीक्षा हुने अवस्था नरहेको भन्दै बोर्डले अहिलेलाई परीक्षा स्थगित गरेको बोर्डका सदस्य सचिव दुर्गा अर्यालले खरीबोटलाई जानकारी दिए । अर्यालले बोर्डले केहीबेरमै सूचना प्रकाशित गर्ने उनले बताए ।

बोर्डले यस अघि नै जेठ १३ गतेबाट एसईई र जेठ २६ गतेबाट कक्षा १२ को परीक्षा संचालन गर्ने तालिका प्रकाशित गरिसकेको थियो । जेठ १३ गतेबाट सञ्चालन हुने एसईईका लागि प्रश्नपत्र छपाइदेखि अन्य तयारि समेत पुरा भएको थियो । हाल ५ लाख १७ हजार विद्यार्थी एसईईको तयारी छन् भने कक्षा १२ मा करिब ४ लाख परीक्षार्थी रहेका छन् ।

गतवर्ष पनि कोरोना महामारीका कारण एसईईका परीक्षार्थीलाई विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशित गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*