एमालेका नेता खनाल झलनाथ आज डिस्चार्ज

 

बैशाख २८, काठमाडौं-  कोरोना संक्रमण भई नर्भिक इन्टरनेसनल अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल आज डिस्चार्ज हुने भएका छन्।

वैशाख १८ गते शनिबार नर्भिक अस्पतालमा भर्ना भएका उनलाई अक्सिजनको सपोर्टमा उपचार सुरू गरिएको थियो। भर्ना भएको भोलिपल्टदेखि नै उनलाई प्लाज्मा थेरापी विधिबाटसमेत उपचार गरिएको अस्पतालले जानकारी दिएको छ।

‘नर्भिकमा भर्ना भएपछि उहाँको स्वास्थ्य अवस्थामा क्रमिक रूपमा सुधार भइरहेको थियो। यही क्रममा दुई दिनअघि स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको थियो । चिकित्सकहरूको सल्लाहअनुसार उहाँ आज डिस्चार्ज हुन लाग्नुभएको हो,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नेता खनालको उपचारमा नर्भिक अस्पतालका चिकित्सकहरू डा। जेपी जैसवाल र डा। बी श्रीवास्तव नेतृत्वको स्वास्थ्यकर्मीको टिम संलग्न रहेको अस्पतालले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*