बच्चालाई कोरोनाबाट जोगाउन यी सावधानी अपनाउनु होस्

हटौंडा, २९ बैशाख । नेपालमा कोरोना भाइरसको दोस्रो भेरियन्टको संक्रमण तिव्ररुपमा फैलिएको छ ।

यसको चपेटाका सबै उमेरसमुहका मानिसहरु परिरहेका छन् । कोरोना महामारी कहिले अन्त्य हुन्छ अथवा यस्ले अझै कति विकराल रुप लिन्छ यसको बारेमा केही थाहा छैन । तर बच्चाहरुलाई सुरक्षित गर्नु अत्यन्तै आवश्यक छ ।

यसरी बच्चालाई संक्रमणबाट बचाउन सकिन्छ ।

-बच्चालाई सर–सफाईको बारेमा बताउने र सुरक्षित हुनेको टिप्स दिने, आफ्नो कोठा सफा गर्न लगाउने र हाइजिनको बारेमा बताउने ।

-बच्चामाथि लगातार ध्यान दिने । बालबालिकालाई अलिकति पनि खोकी, कफ तथा चिसो लागेमा सामान्य उपचार सुरु गर्ने । चिसो चिज खान नदिने ।

-कोभिडको नयाँ लक्षणहरु पेट दुख्ने, वान्ता हुने जस्ता समस्या आएका छन् । यी लक्षणमा ध्यान दिने । यदि बच्चाले आलस्य गर्छन् भने पनि के भयो तत्काल सोध्ने ।

-बच्चालाई आफुसँग राखेर सुर्य नमस्कार प्राणायाम गर्न लगाउने । यसले प्रतिरक्षा लेवल पनि बढाउँछ । यसको साथै ताकत बढाएर तन्दुरुस्त बनाउछ ।

-बालबालिकालाई स्वस्थ खानेकुरा र फलफुल खुवाउने ।

-सेनिटाइजरको सट्टा साबुन पानीले हात धुन लगाउने । हात मुखमा लैजान नदिने । मास्क लगाउन सिकाउने ।

-बच्चालाई दिमाख खिवाउने खालको गेम, अनलाइन डान्स कक्षा, पजल र कथा पढ्ने जस्ता चिजमा व्यस्त राख्ने ।

-दिनमा केही समय खुल्ला हावामा लैजाने । विशेष गरी बिहानको समयमा राम्रो हुन्छ ।
बाहीरबाट केही सामान ल्याएमा तुरुन्त बच्चालाई छुन नदिने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*