७७ जिल्ला मध्ये ७४ जिल्लामा निषेधाज्ञा

जेठ २, काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ७७ जिल्लामध्ये हालसम्म ७४ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

पछिल्लोपटक रुकुम पूर्वमा निषेधाज्ञा जारी गरिएको छ । ७४ मध्ये अधिकांशमा जिल्लाभर र केहीमा निश्चित क्षेत्रमा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।

यी हुन् निषेधाज्ञा लागु भएका जिल्लाहरु
बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बागलुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेलधुरा, झापा, मोरङ, गुल्मी, प्युठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा, उदयपुर, मकवानपुर, बझाङ, कालीकोट, स्याङ्जा, कपिलवस्तु, रामेछाप, नुवाकोट, ताप्लेजुङ, धनुषा, अर्घाखाँची, बैतडी, दैलेख, महोत्तरी, डोटी, डोप्ला, नवलपरासी पूर्व, रोल्पा, म्याग्दी, मुगु, तनहुँ, बारा, सिरहा, नवलपरासी पश्चिम, इलाम, दोलखा, सिन्धुपाल्चोक, धनकुटा, अछाम, हुम्ला, धादिङ, रौतहट, संखुवासभा, सर्लाही, जुम्ला, सिन्धुली, सप्तरी, ओखलढुंगा, रसुवा, पाँचथर, सोलुखुम्बु, लमजुङ, भोजपुर, मुस्ताङ र रुकुम पूर्व ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*