आज बिहान हेटौंडाकै ४ संक्रमितको मृत्यु
२ जेठ, हेटौंडा। मकवानपुरको हेटौंडा कोभिड अस्पतालमा उपचाररत ४ संक्रमितको आज (आइतबार) बिहान मृत्यु भएको छ।
मृत्यु हुनेमा हेटौंडा–१४ कि ७४ वर्षीया महिला, हेटौंडा-१४ की ४८ बर्षीया महिला, हेटौंडा-८ की ६१ बर्षीया महिला र हेटौंडा-२ चौकीटोलका ६४ बर्षीय एक पुरुष गरी ४ जना कोरोना संक्रमित बिरामी मृत्यु भएको हो ।
मृतक सबैको आज बिहान उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक चारै जना वैशाख २६ गते यता कोरोना पोजेटिभ पुष्टिभएका बिरामी हुन ।
स्वासप्रस्वासमा समस्या भएपछि हेटौंडा अस्पतालको कोभिड उपचार वार्डको आइसियु कक्षमा भर्ना गरिएका थिए ।


























