ईलाका प्रहरी कार्यालय भीमफेदीबाट अबैध भरुवा बन्दुक बरामद
जेठ २, हेटौंडा । ईलाका प्रहरी कार्यालय भिमफेदीले बेवारिसे अवस्थामा रहेको अबैध भरुवा बन्दुक २ नाल बरामद गरेको छ ।
शनिवार ईलाका प्रहरी कार्यालय भिमफेदी मकवानपुरबाट प्रनि सुरेन्द्र श्रेष्ठको खमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले भिमफेदी गाउँपालिका वडा नं ६ स्थित स्याउली बनको रुखको चेपमा बेवारिसे अवस्थामा भेटिएको थियो ।
लुकाई छिपाई राखेको १ नाले भरुवा बन्दुक थान २ फेला परेकोसंगै उक्त बन्दुक को कसको हो भन्ने सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।


























