बकैयाको एक विद्यालयमा शव फेला

जेठ २, बकैया । पूर्वी मकवानपुरको बकैया गाउँपालिकाको एक विद्यालय परिसर भित्र एक शव फेला परेको छ ।

सोमबार बिहान गाउँपालिकाको वडा नंबर ३ को जलजलेको ज्ञान ज्वति प्राविको परिसर भित्र शव फेला परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

शव जलजलेका स्थानीय अन्दाजी ३५ वर्षीय दिपक वाईवाको रहेको प्रहरीले जनाएको छ । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाको आवश्यक अनुसन्धान भइरहेको र शव पोस्टमर्टमको लागि हेटौंडा ल्याईएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*