दुई जना बालकको घाँटी रेटेर हत्या

काठमाडौं, जेठ ४ –  बारामा दुई जना बालकको घाँटी रेटेर हत्या भएको छ। प्रहरीका अनुसार कलैया उपमहानगरपालिका–७ स्थित सरंगापुर बस्ने नौ वर्षीय उशमान अन्सारी र सात वर्षीय अमिन अन्सारीको हत्या भएको हो। उनीहरू दाजुभाइ हुन् ।

स्थानीय मदरसामा हत्या गरिएको अवस्थामा दुवै जनाको शव फेला परेको बारा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हिजो बेलुकी ७ बजे उनीहरू घरबाट खेल्न भन्दै निस्केका थिए ।

तर, अ‍ेबर रातिसम्म उनीहरूको खोजीगर्दा समेत नभेटिएपछि बालक बेपत्ता भएको बारे प्रहरीलाई खबर गरिएको थियो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*