हेटौंडामा निषेधाज्ञाको समयमा पनि फूलका विरुवा रोप्ने अभियान जारी

हेटौंडा, जेठ ४ । हेटौंडा उपमहानगरपालिकाले सडक पेटीमा फूलका विरुवा रोप्ने अभियानलाई जारी राखेको छ । मकवानपुर प्रशासनले लगाएको निषेधाज्ञाको समयमा पनि फूलका बिरुवा रोप्ने अभियानलाई जारी राखिएको हो ।

बितेको बैशाख महिना र जेठ महिनाको आज सम्ममा समेत गरेर ३ हजार वटा बिभीन्न जातका फूलका विरुवा रोपीएको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले वताउनुभयो । पहिले रोपेर पनि बिरुवा मरेर खाली भएका स्थानमा, चोरी भएका खाली स्थानमा र नयाँ सडक पेटीमा समेत फूलका बिरुवा रोपीएको मेयर महतले वताउनुभयो ।

अहिले पानी समेत परेकाले फूलका विरुवा रोप्नका लागि सहज भएको र भएका फूलका विरुवालाई समेत केहीदिन पानी हाल्नु परेको छैन । हेटौंडाको कान्तिलोकपथ, मेनरोड, पारीजातपथ, संगमचोक, स्कुलरोड, रापतीरोड, अजअम्बरोड लगाएतका सडक पेटीमा फूलका विरुवा रोपीएको छ ।

यस क्षेत्रका फूलले बजार क्षेत्रनै सुन्दर वनाएको छ । अहिले पछील्लो समयमा भने गमला सहितको फूल रोप्ने अभियानलाई पनि तिब्रता दिइएको मेयर महतले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*