आजको भूकम्पले भत्कियो १२ घर, ४ जना घाइते

 

 

५ जेठ, काठमाडौँ–लमजुङको मर्स्याङ्दी गाउँपालिकालाई केन्द्र विन्दु बनाएर गएको भूकम्पले १२ घर भत्किएका छन् । घर भत्कँदा ४ जना घाइते भएका छन् ।

लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइटेलले अहिलेसम्म १२ घर भत्किएको र ४ जना मानिस घाइते भएको जनाकारी आएको बताए । उनले घटनास्थलमा पुगेको जानकारी दिए ।

भूकम्पमा परी ८४ वर्षीया वृद्धा, ३६ वर्षीया महिला, २२ वर्षीय गोविन्द अधिकारी भूकम्प गएको बेला बार्दलीबाट हाम फाल्दा बेहोस भएको प्रजिअ लुइटेलले बताए ।

ठूला साना भुकम्पका धक्काहरु अझै पनि गइरहेको बेशीसहर नगरपालिकाका प्रेस सल्लाहाकार कृष्ण केसीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*