लमजुङमा हिजो बिहानदेखि ८६ पटक परकम्प, २४१ घरमा क्षति
६ जेठ, काठमाडौं । लमजुङको भुलभुलेलाई केन्द्रबिन्दु भएर हिजो बिहानदेखि पटकपटक पराकम्पको महसुस गरिएको छ । भूकम्प मापन केन्द्रका अनुसार साना ठूला गरी पछिल्लो २४ घण्टामा ८६ पटक पराकम्पको महसुस गरिएको हो ।
पहिलोपटक बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ म्याग्नेच्युटको भूकम्प गएयता बिहान बिहान ५ बजेर ५१ मिनेटसम्मको अवधिमा मात्रै ८६ पटक पराकम्प महसुस गरिएको राससले उल्लेख गरेको छ ।


























