कोरोनाको कारण डीएसपी केसीको निधन

जेठ ६, काठमाडौं । कोरोना भाइरसको संक्रमणले प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार केसीको निधन भएको छ ।

महानगरी प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी केसीको नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा बुधबार राति निधन भएको हो ।

कोरोना संक्रमण देखिएपछि डीएसपी केसीलाई केही दिनअगाडि नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*