मकवानपुरमा २४ घण्टामा थप ९२ जनाले जिते कोरोना
जेठ ६,हेटौंडा । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ९२ जनाले कोरोना जितेका छन् । होम आइसोलेसनबाट ८५ र आइसोलेसनबाट ७ जना गरी थप ९२ जनाले कोरोना जितेका हुन् । यो संगै मकवानपुरमा कोरोना जित्नेको संख्या ४ हजार ६ सय ८६ पुगेको छ ।
मकवानपुरमा थप १ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ सय ४० जनामा गरिएको परीक्षणमा थप १ सय ४६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
पुष्टि हुनेहरुमा १ सय १० जना हेटौंडाका,१३ जना मनहरी गाउँपालिकाका,९ जना थाहा नगरपालिकाका,५ जना बकैया गाउँपालिकाका,भीफेदी र मकवानपुरगढी गाउँपालिकाका ३ र ३ जना तथा २ जना इन्द्रसरोबर गाउँपालिकाका रहेका छन् भने १ जना राक्सिराङ गाउँपालिकाका रहेका छन् ।
यो संगै मकवानपुरमा हालसम्म कोरोना पुष्टि हुनेको संख्या ७ हजार ७५ पुगेको छ ।मकवानपुरमा हालसम्म कोरोनाबाट ६७ जनाको मृत्यु भएको छ । मकवानपुरमा हाल २ हजार ३ सय ६ जना सक्रिय संक्रमित उपचारत रहेका छन् ।


























