औषधिको अभाव छैन र हुन पनि दिन्नौं -औषधि उत्पादक संघ

जेठ ७, हेटौंडा । औषधि उत्पादक संघले शुक्रबार विज्ञप्ति निकाल्दै स्वदेशमा बन्ने कुनै पनि औषधिको अभाव हुन नदिन अहोरात्र खटेर काम गरिरहेको जनाएको हो।

औषधि अभावको अवस्था आउन नदिन सरकार ,औषधि व्यवस्था विभाग, आयातकर्ता, थोक एवं खुद्रा विक्रेतासँगको समन्वयमा काम गरिरहेको संघले जनाएको छ।

‘कोभिड–१९ को उपचारमा प्रयोग हुने औषधिको माग धेरै भएको र आन्तरिक ढुवानी तथा कुरियर सेवामा भएको अवरोधको कारण केही दिन ढिला भएको हो,’ विज्ञप्तिमा लेखिएको छ, ‘हामीसँग औषधिको मौज्दात नभएर वा उत्पादन क्षमता नभएर अभाव भएको होइन।’

औषधिको अभाव होला भनेर सञ्चय नगर्न व्यवसायी र नागरिकलाई संघले आग्रह पनि गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*