बागमती प्रदेशमा ७८ प्रतिशतले जिते कोरोना

जेठ ११, हेटौंडा । बागमती प्रदेशमा हाल सम्म ७८ प्रतिशत संक्रमितले कोरोना भाइरस र्संक्रमणलाई जितेका छन् । यस प्रदेशमा हाल सम्ममा जम्मा २ लाख ७३ हजार ५ सय २० जनामा संक्रमण भएकोमा करिब ७८ प्रतिसत निको भएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका प्रवक्ता डाक्टर पुरुषोत्तम राज सेढाईले जानकारी दिनुभयो ।

करिब २१ प्रतिसत अथवा ५७ हजार १ सय ५० जना उपचाररत रहेको उहाँले वताउनुभयो । संक्रमित भएका मध्यमा सुन्य दशमलब ८१ प्रतिसत अथवा २ हजार २ सय १८ जनाको निधन भएको छ। हिजो यस प्रदेशमा ३ हजार ८ सय २९ जनामा नयाँ संक्रमण देखिएको छ।

बागमती प्रदेशमा कोरोना संक्रमणका बिरामी मध्य २ हजार ८३ जना एचडीयुमा, ८ सय ७३ जना आईसीयू र ३ सय ६७ जना भेन्टिलेटरमा उपचार गराउँदै छन् । सात वटै प्रदेशको तुलनामा कोरोना संक्रमित बागमती प्रदेशमा धेरै देखा परेका छन् ।

यस प्रदेशका ठुला शहरमा कोरोनाका बिरामी धेरै देखापर्न थालेसंगै आइसीयु र भेन्टिलेटरमा पनि धेरैले उपचार गराउँदैछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*