हेटौंडामा एक पुरुष झुन्डिएको अवस्थामा मृत फेला
जेठ १२, हेटौंडा । हेटौंडामा एक पुरुष झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
आज बिहान हेटौंडा-९ मा बन्दै गरेको समुदायिक प्रहरी सेवा पशुपतिनगरको बन्दै गरेको भवनमा एक पुरुष झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
उनका अनुसार मृत फेला पर्नेमा मोरङ का २७ वर्षीय आषिस ढकाल रहेका छन् । प्रवक्ता रिमालले भनेः समुदायिक प्रहरी सेवा पशुपतिनगरको बन्दै गरेको भवनमा झुण्डिएको अवस्थामा शव फेला परेको खबर आएसंगै प्रहरी घटनास्थलमा खटिएको थियो ।
शवबाट व्यक्तिको सवारी चालकको अनुमतिपत्रबाट व्यक्तिको पहिचान खुलेको छ । शव मोरङका आषिस ढकालको रहेको छ । अन्य केहि विवरण खुलेको छैन अनुसन्धान भइरहेको प्रवक्ता रिमालले भनेस् प्रहरी सेवाको बन्दै गरेको भवनको काम केहि महिनादेखि बन्द रहेको थियो ।


























