मकवानपुरमा थप २ सय २ जनामा कोरोना पुष्टि

जेठ १२, हेटौंडा । मकवानपुरमा थप २ सय २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ सय ९२ जनामा पिसिआर र एन्टीजेन विधिबाट गरिएको परीक्षणमा थप २ सय २ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

आज पुष्टि हुनेहरुमा सबैभन्दा बढी ७० जना हेटौंडा उपमहानगरपालिका रहेका छन् । यसैगरि थाहा नगरपालिकाका ६२ जना,मनहरी गाउँपालिकाका ३९ जना,राक्सिराङका २१ जना,इन्दसरोबर र भीमफेदी गाउँपालिकाका ३र३ जना,मकवानपुरगडीका २ जना,बागमती र बकैयाका १ १ जना रहेका छन् । यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या ८ हजार ६२ जना पुगेको छ ।

आज १ सय ३७ जनाले जिते कोरोना

पछिल्लो २४ घण्टामा मकवानपुरमा थप १ सय ३७ जनाले कोरोना जितेका छन् । आज होमआइसोलेसनबाट १ सय २६ जना र आइसोलेसनबाट ११ जना गरी थप १ सय ३७ जनाले कोरोना जितेका हुन् ।

आज कोरोना जित्नेमा हेटौंडा उपमहानगरपालिका भित्रका ८५ जना,मनहरी गाउँपालिकाका १८ जना,थाहा नगरपालिकाका १५ जना,मकवानपुगढी भित्रका ८ जना,भीमफेदीका ४ जना,बागमती र इन्द्रसरोबरका २र२ जना,कैलाश,बकैया र राक्सिराङ गाउँपालिकाका एकएक जना रहेका छन् । यो संगै मकवानपुरमा कोरोना जित्नेको संख्या ५ हजार ४ सय ९९ पुगेको छ ।

थाहा-३ का एक जनाको मृत्यु

यसैगरि मकवानपुरमा आज थप एक जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा उत्तरी मकवानपुरको थाहा नगरपलिका वडा नंबर ३ का ३७ वर्षीय पुरुष रहेका छन् । उनको आज हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८४ पुगेको छ ।

२ हजार ४७८ जना सक्रिय संक्रमित उपचाररत

जिल्लामा आजको दिनमा २ हजार ४७८ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । होमआइसोलेसनमा २ हजार ३ सय ४० जना र आइसोलेसनमा १ सय ३८ जना गरी २ हजार ४७८ जना उपचाररत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*