न्यायाधिश कार्की र भट्टराईले छोडे संबैधानिक इजलास
जेठ १८, काठमाडौँ । सर्वोच्च अदालतका दुई वरिष्ठ न्यायाधिश दिपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईले संबैधानिक इजलास छोडेका छन् ।
मंगलबारको सुनुवाई शुरु भएपछि विपक्षी वकिलहरुले प्रश्न उठाएका दुई न्यायाधिशहरु तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलास नछोड्ने जानकारी गराएपछि कार्की र भट्टराईले हालको इजलासको संरचनाबाट निष्पक्ष ता कायम रहन्छ भन्नेमा ढुक्क हुने अवस्था नरहेकोले इजलासबाट अलग हुने जानकारी गराएका थिए ।
न्यायाधिश कार्कीले इजलासमा दुवै जना इजलासबाट बाहिरिने निर्णय सुनाएका थिए ।


























