पूर्व अध्यक्ष थापाको निधन
जेठ १८, काठमाडौँ । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्जवल थापाको निधन भएको छ।
मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेकामा आज अपरान्ह ४ बजेर २५ मिनेटको समयमा निधन भएको थापाको परिवारले जनाएको छ।
कोरोना भाइरसको संक्रमण भएपछि उनलाई ह्याम्स अस्पताल हुँदै ग्राण्डी अस्पताल रिफर गरिएको थियो। ग्राण्डीबाट इक्मो प्रविधिमार्फत् थापाको उपचारका लागि मेडिसिटीमा लगिएको थियो।
पीसीआर रिपोर्ट नेगेटिभ आएपनि उनको स्वास्थ्य अवस्थामा सुधार आउन सकेको थिएन।


























