सिलिण्डर विष्फोट हुँदा दुई घर ढले, आठको मृत्यु

जेठ १९, काठमाडौं । भारतस्थित उत्तर प्रदेशको गोन्डा जिल्लामा भएको सिलिन्डर विष्फोटमा ठूलो क्षति भएको छ । तिक्री गाउँको वाजिरगन्जमा मंगलबार राति विष्फोट हुँदा दुई घर ढलेको छ ।

ती घरमा पुरिएका १४ जनामध्ये ८ जनाको मृत्यु भएको छ । ६ जना गम्भीर रहेका छन् । सात जनाको घटनास्थलमै र एक जनाको अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

८ मृतकमध्ये २ पुरुष, २ महिला र ४ बालबालिका हुन् । मृत्यु हुनेमा २ वर्षदेखि ३५ वर्षका हुन् । गम्भीर ६ जनालाई जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि लखनउ ट्रमा सेन्टरमा रिफर गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*