बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ

ललितपुर, जेठ १९ – पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा ललितपुरको गोदावरीनगरपालिका-३ बाट एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्ने युवक सप्तरीको शम्भुनाथ नगरपालिका घर भएका २० वर्षीय राम आशिष सदा हुन्। उनी गोदावरीमै बस्दै आएको बताइएको छ।

राम आशिषले बालिकालाई आइतबार साँझ गोदावरी-३ स्थित निर्माणाधीन एक होटलमा लगेर बलात्कार गरेको पीडित पक्षको आरोप छ। प्रारम्भिक अनुसन्धानबाट पनि त्यही थाहाच हुन आएको प्हरीको भनाइ छ।

बालिकाको स्वास्थ्य परीक्षण गराइसकिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*