आजदेखि प्रदेशमा खोप पठाइँदै

काठमाडौं,जेठ २० । चीनबाट ल्याइएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप आजदेखि प्रदेशमा पठाइँदै छ । चीन सरकारले अनुदानमा दिएको १० लाख डोज खोप आजदेखि प्रदेशमा वितरण सुरु गरिएको स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखा प्रमुख उपेन्द्र ढुंगानाले बताए ।

प्रदेश आपूर्ति केन्द्रले विभिन्न जिल्लामा खोप वितरण गर्नेछ । जिल्ला खोप समन्वय समितिको सहकार्यमा खोप केन्द्रहरु तोकी केही दिनभित्रै खोप तालिका सार्वजनिक गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सरकारले यही जेठ २५ गतेदेखि ६० देखि ६४ वर्षसम्मका नागरिकलाई उक्त खोप दिने निर्णय गरेको छ । यसपटकको अभियानमा चीनसँग सीमा जोडिएका जिल्लाका १८ वर्षमाथिका नागरिकलाई पनि उमेर खुल्ने परिचयपत्रका आधारमा खोप दिइने मन्त्रालयले जनाएकोे छ ।

नेपालमा अहिलेसम्म सात लाख १४ हजार १६३ जनाले कोभिड–१९ विरुद्धको खोप दुवै डोज र २१ लाख १३ हजार ८० जनाले पहिलो डोज लगाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*