२५ लाख लागतमा हेटौंडाको भैरबडाँडामा पक्की सडक बनाइदै

जेठ २१, हेटौंडा । हेटौंडाको भैरबडाँडामा कच्ची सडकको स्लाब ढलान सुरु गरिएको छ । भैरबडाँडा जाने सडकको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले शिलान्यास गर्नुभयो ।

कुल २५ लाख रुपैयाँ लागतमा कच्ची सडकलाई पक्की निर्माण गर्न लागिएको मेयर महतले वताउनुभयो ।

भैरबडाँडाका वासिन्दा र पाथीभरा मन्दिरमा आउने भत्तजनलाई पनि ओहोर दोहोर गर्नका लागि सहज होस भन्ने उदेस्यले यहाँको सडकलाई पक्की बनाइएको हो ।

आउँदो आर्थिक वर्षको बजेटमा रकम छुट्याएर यो सडक पुरै पक्की बनाइने उहाँले वताउनुभयो ।  ३ सय मिटर लम्बाइ रहेको यो सडक चार मिटर चौडाइ रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*