कोरोना संक्रमणबाट पूर्वसांसद वाइवाको निधन
हेटौंडा, २१ जेठ – पूर्वसांसद एवं नेकपा ९माओवादी केन्द्र०का नेता विष्णुबहादुर तामाङ (बीएल वाइवा)को कोरोनाभाइरसको संक्रमणबाट निधन भएको छ।
उनकोको बिहीबार साँझा ६ः२० बजे निधन भएको माओवादी अध्यक्ष पुष्पकमल दाहालले जनाएका छन्। झापाको दमकस्थित आम्दा अस्पतालमा उपचारको क्रममा निधन भएको हो। उनी उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए।
वाइवा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य रहेका थिए। उनी २०४८ को निर्वाचनमा सिराहा ५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।
माओवादी अध्यक्ष दाहाले शोक वक्तव्य जारी गरी वाइवाको निधनमा दुःख व्यक्त गरेका छन्। नेपाली राजनीतिले सच्चा राष्ट्रवादी नेता गुमाएको दाहालले जनाएका छन्।


























