आज विश्व वातारवरण दिवस, विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदै
जेठ २२, काठमाडौँ – आज विश्व वातावरण दिवस । नेपालमा पनि दिवसका अवसरमा विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदैछ ।
संयुक्त राष्ट्र संघले आह्वानमा प्रत्येक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा सन् १९७४ देखि मनाउन थालिएको हो ।
यस वर्ष पारिस्थितिकीय प्रणाली पुनःस्थापनका विषयमा केन्द्रित हुँदै ‘नयाँ सोच र सिर्जनाका साथ प्राकृतिक प्रणालीको पुनःस्थापनाका लागि विश्व वातावरण दिवस’ मनाउन लागिएको छ ।
विश्वव्यापी रुपमा यो वर्षको दिवसमा जोखिममा रहेका सबै प्रजातिलाई भावी पुस्ताको लागि संरक्षण र वन्यजन्तुको अवैध व्यापार विरुद्ध शुन्य सहनशिलतामा जोड दिईएको छ ।


























