चिठ्ठाको बहानामा ठगी गर्ने एक जना पक्राउ
पर्सा, जेठ २५– २५ लाख चिठ्ठा परेको भन्दै ठगी गरेको आरोपमा प्रहरीले पर्साबाट एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ का निरजकुमार सिंह रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार उनलाई केही दिन अघि नै पक्राउ गरिएको हो ।
सामाजिक सञ्जाल ह्वाट्सएप, आइएमओलगायतमा तपाईंलाई २५ लाख रुपैयाँको चिठ्ठा परेको भन्दै विश्वासमा दिलाएर ठगी गरेको महानगरीय अपराध महाशाखामा उजुरी पछि उनलाई पक्राउ गरिएको डीएसपी खनालले बताए ।
उनले चिठ्ठा परेको र अब कर तिर्नुपर्ने बाहना बनाएर आइएमई, ई सेवाबाट जम्मा दुई लाख १० हजारसम्म रकम लिएको पाइएको प्रहरीले जनाएको छ।
अहिले प्रहरीले उनीमाथि ठगी कसूरमा थप अनुसन्धान अघि बढाएको बताएको छ ।


























