गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

पाँचथर, जेठ २५– पाँचथरमा पिकअप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मंगलबार बिहान साढे ९ बजे हिलिहाङ गाउँपालिका वडा नम्बर ७ टारीस्थित मेचिराजमार्गमा झापाबाट ताप्लेलुङ जाँदै गरेको पिकअप गाडी दुर्घटनामा परेको हो।

प्रदेश नम्वर १ – ०१-००१ च ७६९१ नम्बरको पिकअप गाडी सडकबाट ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जनाकारी दिए।

मृत्यु हुनेमा ताप्लेजुङ पाथिभारा याङवरक गाउँपालिका-२ थेचम्बु बस्ने अन्दाजी ३०र३२ को मिलन विष्ट र २४ वर्षीया सीता अधिकारी छन्।

दुर्घटना हुँदा उनीहरू दुबै जनाको घटनास्थलमै मृत्यु भएको विश्वकर्माले बताए। शव जिल्ला अस्पताल पाँचथरको शव गृहमा राखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*