कोरोनाको कारण पत्रकार बास्तोलाको निधन

जेठ २७, कास्की — नेपाल पत्रकार महासंघ कास्की शाखा सदस्य यज्ञप्रसाद बास्तोलाको कोरोना संक्रमणका कारण ७० वर्षको उमेरमा निधन भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि पोखरास्थित रिजनल अस्पतालमा उपचाररत पत्रकार बास्तोलाको स्वास्थ्यमा थप समस्या देखिएपछि बुधबार पोखराकै चरक कास्कीको पुरञ्चौरमा जन्मिएका हाल पोखरा(५ का स्थायी बासिन्दा पत्रकार बास्तोला विगत चार दशकदेखि पोखरामा रही पत्रकारितामा क्रियाशील थिए ।

उनले पोखराको माछापुच्छ्रे एफएम, माइक्रो न्युज, आदर्श समाज र स्वतन्त्र सन्देशलगायतमा कार्यक्रम प्रस्तोतादेखि सहसम्पादक र सम्पादकको जिम्मेवारी निर्वाह गरेका थिए । उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र अनुभवी पत्रकार गुमाएको र महासंघले जुझारु र सक्रिय सदस्य गुमाएको महासचिव रोसन पुरीले बताएका छन् ।

कोरोनाकै कारण हालसम्म २० जना पत्रकारको निधन भएको छ भने ९ सय ५० भन्दा बढी पत्रकार संक्रमित भएको पनि महासचिव पुरीले जानकारी दिएका छन् । सम्भावित जोखिमको ख्याल गरी स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा महासंघले अपिल गरेको छ ।अस्पतालमा उपचारका लागि भर्ना गरिएको र उपचारकै क्रममा सोही अस्पतालमा आज बिहान ३स्१० बजे निधन भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*