काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप्ने तयारी

काठमाडौं, जेठ २८ –  काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता लम्बिने भएको छ। यसअघिको निषेधाज्ञा यही जेठ ३१ गते सकिँदैछ। संक्रमणदरमा केही कमि आएको भएपनि सोचिएजस्तो सुधार भने भएको छैन।

हालको परिस्थितिमा निषेधाज्ञा लम्ब्याउनुपर्ने देखिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। ‘उपत्यकाको अहिलेको परिस्थितिलाई हेर्ने हो भने निषेधाज्ञा थप गर्नुपर्ने देखिन्छ । अझै पनि कोरोना संक्रमणदर घट्नुपर्नेजति घटेको छैन । संक्रमणको उच्च जोखिम कायमै रहेको छ,’ प्रजिअ पराजुलीले भने ।

निषेधाज्ञा केही खुकुलो भने हुनसक्ने उनले बताए। बिहान ९ बजेसम्म खाद्यान्न पसल र तरकारी पसल खुल्दै आएका छन् । अब यसलाई केही फेरबदल गरी १० बजेसम्म खुलाउन दिइनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*