पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु

जेठ २८, जनकपुरधाम – धनुषाको मुखियापट्टि मुसहर्नियामा पाँच बालिकाको पानीमा डुबेर मृत्यु भएको छ ।

जिल्लाको दक्षिणी भेग नेपाल भारतको सिमामा पर्ने मुखियापट्टि मुसहिर्निया गाउँपालिका ६ स्थित एकै गाउँका पाँच बालिकाको पोखरीमा डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मिनीया यादव, योगेन्द्र भगतकी १० वर्षीया छोरी चन्द्राकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मन्जु पूर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया नातिनी चाँदनी ठाकुर र उत्तिम साहकी १२ वर्षीया छोरी ललिता साह रहेको प्रहरीले जनाएको छ ।

स्थानीय हुलास यादवको खेतमा खनिएको करिब ९ फिट गहिरो पोखरीमा पौडी खेल्न गएका उनीहरुको डुबेर मृत्यु भएको घटनास्थलमा पुगेको प्रहरी टोलीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*