कांग्रेसको थप ३३ जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक

जेठ ३१, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन नजिकिएसँगै क्रियाशील सदस्यहरुको नविकरण तथा नयाँ इन्ट्रीको काम भइरहेको छ ।

हाल थप ३३ जिल्लाका ६५ स्थानको नामावली नेपाली कांग्रेसको वेबसाइट मार्फत सार्वजनिक गरिएको कांग्रेसले जनाएको छ ।
यसअघि थप १०९ स्थानको क्रियाशील सदस्यता सार्वजनिक गरिएकोमा शनिवार बसेको कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिको बैठकले विवादरहित क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरेको हो ।

त्यसैगरि सार्वजनिक गरिएका प्रस्ताववित नामावलीमा कुनै त्रुटी भएमा वा छुट भएमा नयाँ सदस्यता तर्फ प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले र नयाँ सदस्यतातर्फ स्पष्ट आधार र प्रमाणसहित त्रुटी सच्याउन समेत सकिने बताइएको छ ।

थप सार्वजनिक गरिएका र यसअघि सार्वजनिक गरिएका नामावलीहरु हेर्नका लागि धधध।लभउबष्अियलनचभकक।यचन मा क्लिक गरि हेर्न सकिने कांग्रेसले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*