बाढीपहिरोको पूर्वसूचना सर्वसाधारणलाई मोबाइलमै पठाउन थालियो

असार २, काठमाडौँ– बाढी पहिरोका घटना बढेपछि सर्वसाधारणलाई मोबाइलमै बाढीपहिरोको पूर्वसूचना पठाउन थालिएको छ ।

जल तथा मौसम विज्ञान विभागले दूरसञ्चार सेवाप्रदायकसँग सहकार्य गरी बाढीको पूर्वसूचना सर्वसाधारणको मोबाइलमा पठाउन थालेको हो ।

बाढी पूर्वानुमान महाशाखाका जलस्रोतविज्ञ मौसम भण्डारीका अनुसार मनसुन शुरु भएयता ‘खोला नदीमा बाढीको जोखिम छ, सुरक्षित ठाउँमा जानुस्’ भन्ने खालका सन्देशसहित साढे दुई लाख मोबाइलमा एसएमस पठाइएको छ ।

हिजो साँझसम्म नेपाल टेलिकमबाट एक लाख ७२ हजार एक सय ३९ र एनसेलबाट ८२ हजार ६ सय ३४ गरी दुई लाख ५४ हजार सात सय ७३ वटा एसएमएस पठाइएको महाशाखाले जनाएको छ।

सरकारले वर्षाको मापन गर्न स्वचालित केन्द्र स्थापना गरेको छ। ती केन्द्रबाट हरेक १० मिनेटमा नदी तथा खोलामा पानीको मात्रा कति छ थाहा हुन्छ।

जोखिमको सम्भावना भएमा स्थानीय बासिन्दाको मोबाइलमा एसएमएस पठाउने गरिन्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*