टिप्परले ठक्कर दिँदा एकको मृत्यु
कैलाली, असार ६ – कैलालीमा टिप्परले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको शुक्लाफाँट नगरपालिका-१०, झलारीका रामबहादुर साउँदको मृत्यु भएको हो । शनिबार बेलुका धनगढी उपमहानगरपालिका-३ बोराडाँडीमा म १ ब ९६६८ नम्बरको टिप्परले उनी सवार से १ क ६८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।
घाइते भएका साउँदलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।साउँदले झलारीमै एला आयुर्वेद सञ्चालन गर्दै आइरहेका थिए ।


























