सुजिता हत्याको आरोपमा श्रीमान् र देवर पक्राउ

असार १४, महोत्तरी – महोत्तरी प्रहरीले सुजिता ठाकुरको हत्याको आरोपमा उनका श्रीमान् मुकेश ठाकुर र देवर रूपेश ठाकुरलाई पक्राउ गरेको छ ।

हत्या गरी गाडिएको अवस्थामा आइतवार साँझ खेतमा शव भेटिएलगत्तै प्रहरीले मृतकका श्रीमान् र देवरलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । मृतक सुजिताका सुसरा पतिराम ठाकुर भने अझै फरार रहेको प्रहरीले बताएको छ ।

सुजिताको माइती पक्षले भने हत्यामा उनको श्रीमानको संलग्नता नभएको तथा देवर र ससुरामाथि शङ्का रहेको जनाएको छ । सुजिताको माइती पक्षका अनुसार गएको जेठ १९ गते बिहान आफ्नी छोरीसँग देवर र ससुराको झगडा भएको थियोे । त्यसलगत्तै सुजिता सम्पर्कविहीन भएकी थिइन् ।

आइतवार बेलुका सुजिता सुजिताको शव आफ्नै खेतमा गाडिएको अवस्थामा भेटिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*