मनहरीमा कुखुरा बोकेको गाडी दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाईते
असार १६, हेटौंडा । मकवानपुरको मनहरीमा एक कुखुरा बोकेको बलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु र एक जना गम्भिर घाईते भएका छन् ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी-९ ज्यामिरेमा भएको उक्त सवारी दुर्घटनामा मृत्यु भएका अन्दाजी २५र३० वर्षीय चालकको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
प्रहरीले आज बिहान ७ बजे गस्ती गर्ने क्रममा सडकबाट करिब ७०र८० मिटर तल राप्ती खोला नजिक सवारी दुर्घटनाग्रस्त अवस्थामा भेटिएको निरीक्षक दासले बताए । उनका अनुसार बिरगंजबाट मनहरी तर्फ जाँदै गरेको प्रदेश ३-०१-००२४ च १४३० नंबरको कुखुरा बोकेको बलेरो दुर्घटना भएको हो । दुर्घटनामा बोलेरोमा सवार बाराका महागढी नगरपालिका ४ का ३२ वर्षीय केदारनाथ थारु गम्भिर घाइते भएका छन् ।
घाइते थारुलाई उपचारको लागी भरतपुर पठाईएको प्रवक्ता दासले बताए। घटनाको थप आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।


























