आजदेखि काठमाडौं उपत्यकामा सबै सवारी साधन चल्न थाले

काठमाडौं, असार २२ – काठमाडौं उपत्यकामा आजदेखि सबैखाले सार्वजनिक गाडी चल्न थालेका छन् ।

आइतबार बसेको काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उपत्यकामा जोर बिजोर प्रणाली हटाउँदै सबैखाले सार्वजनिक गाडी चलाउन दिने निर्णय गरेको हो ।

सबै यातायातका साधन चलाउन अनुमति दिए पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने प्रशासनले भनेको छ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन ।

सफा टेम्पो र निलो माइक्रो पनि सञ्चालन गर्न अनुमति दिइएको छ । यसअघि २५ सिट क्षमताभन्दा बढीका सवारी साधन मात्रै चलाउन दिइएको थियो।

सार्वजनिक तथा निजी निर्माणका लागि सामग्री ढुवानीका गाडी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*