असोजपछि कोरोनाको तेस्रो लहर आउन सक्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असोज र कात्तिक बीचमा कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने प्रक्षेपण गरेको छ ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार भएको छलफलमा मन्त्रालयको नीति योजना तथा अनुगमन माहाशाखाका प्रमुख डा। गुणराज लोहनीले हालको संक्रमण दर यहि रुपमा स्थिर रहे असोज १५ पछि तेस्रो लहर आउने सम्भावना रहेको बताउनुभयो ।

मन्त्रालयले आगामी मंसीरसम्ममा करीब २ लाख नयाँ संक्रमित थपिने समेत पक्षेपण गरेको छ । ती मध्ये ३८ हजार बढीलाई अस्पताल भर्ना गर्नुपर्ने र करीब १० हजारलाई सघन उपचार चाहिने पनि डा। लोहनीले बताउनुभयो ।

संक्रमणको तेस्रो लहरमा बालबालिका बढी जोखिममा पर्नसक्ने अनुमान पनि स्वास्थ्य मन्त्रालयले गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*