बीबीएममा नेपाल प्रथम भइन् मकवानपुर बहुमुखी क्याम्पसकी मनिषा
हेटौंडा । त्रिभुवन विश्वविद्यालय अन्तर्गत ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट (बीबीएम) संकायको पाँचौं सेमेष्टरको परीक्षामा मकवानपुर बहुमुखी क्याम्पसकी विद्यार्थी मनिषा लुईंटेल नेपाल प्रथम भएकी छिन् ।
उनले बीबीएम संकायको पाँचौं सेमेष्टरमा ३।९ सिजिपिए प्राप्त गर्दै नेपाल प्रथम भएकी हुन् । त्यस्तै मकवानपुर बहुमुखी क्याम्पसकै प्रजिता सुवेदीले ३.८८ सिजिपिए सहित नेपाल द्वितीय भएकी हुन् ।
मकवानपुर बहुमुखी क्याम्पसका बीबीएम संकायको पाँचौं सेमेष्टरका सबै विद्यार्थी प्रथम श्रेणीका साथ शतप्रतिशत नतिजा ल्याउन सफल भएको छ ।


























