हेटौंडा अस्पतालमा बन्दैछ ५ तल्लाको नयाँ भवन , मुख्यमन्त्री पौडेलले गरे शिलान्यास
हेटौंडा । हेटौंडा अस्पतालमा नयाँ भवन निर्माणको काम सुरु भएको छ । अस्पतालमा बेढहरु थपीदै जाने र यसको लागि भवन पनि थप गरिदै लगिएको हो । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान द्वारा संचालित हेटौंडा अस्पतालका लागि तीन वटा ब्लकमा पाँच तले भवन निर्माण सुरु गरिएको हो । अस्पतालको भवनको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गर्नु भयो ।
अस्पतालको भवन भ्याट सहित २३ करोड २७ लाखको लागतमा निर्माण गर्न लागिएको छ । ५ तल्लाको भवन निर्माण भएपछी दुइ सय शैय्याको अस्पताल भवन निर्माण गरिने भएको हो । अस्पतालको भवन चाडै निर्माण सकेर पुरस्कार लिनका लागि मुख्यमन्त्री पौडेलले निर्माण कम्पनिलाई निर्देशन दिनुभयो ।
बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रधालय अन्तरगतको शहरी विकास तथा भवन कार्यालय हेटौंडाले अस्पतालको भवनको आज शिलान्यास गरिएको हो ।
कार्यालयले वितेको असार १८ गतेनै विकेओआइ र नव श्रीजनशिल निर्माण कम्पनिसंग ठेक्काको संझौता गरिसकेको शहरी विकास तथा भवन कार्यालय हेटौंडाका सिनियर डिभिजन इन्जिनियर राजेश कुमार पौडेलले जानकारी दिनुभयो । तीन वटा व्लक निर्माण हुने छन् । त्यस मध्यमा एउटा व्लकमा पार्किङ गर्नका लागि अण्डरग्राउन्ड समेत निर्माण गरिएको भएको पौडेलले वताउनुभयो । निर्माण कम्पनिले २०८० साल पुस १६ गते अस्पताल निर्माणको काम सक्नुपर्ने संझौतामा उल्लेख छ ।
यो भवन समेत निर्माण भएपछी हेटौंडा अस्पतालमा पाँच सय बेढ पुर्याउने प्रदेश सरकारको लक्षलाई थप सहयोग पुग्ने छ । अहिले भौतिक संरचना अभाबका कारण निकै समस्या बेहोरेपनि पछी सहज हुने अपेक्षा गरिएको छ ।


























