कोरोनाको कारण हेटौंडा र भीमफेदीका २ जनाको मृत्यु
हेटौंडा । मकवानपुरमा कोरोना संक्रमण बढ्नुको साथै संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढेको छ । पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना भाइरस संक्रमणको कारण थप २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा हेटौंडा-७ का ७० वर्षीय वृद्ध र भीमफेदी(१ का ६१ वर्षीय पुरुष रहेका छन् । उनिहरु दुबैजनाको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।
हेटौंडा(७ का वृद्धमा साउन १९ गते कोरोना पुष्ट भएको र साउन २० गते उपचारको लागि हेटौंडा अस्पतालमा भर्ना भएको उनको मंगलबार मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
यसैगरि भीमफेदी(१ का ६१ वर्षीय पुरुषमा साउन ९ गते कोरोना पु्ष्टि भएको र साउन १० गते उपचारको लागि हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो । उनको आज बिहान उपचारको क्रममा मृत्यु भएको कार्यलयले जनाएको छ ।
यो संगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संखया १ सय ५२ पुगेको छ । जसमा हेटौंडा उपमहानगरपालिका भित्रका १ सय ९ जना,मनहरी गाउँपालिका भित्रका ११ जना,थाहा नगरपालिका भित्रका ९ जना,भीमफेदी भित्रका ६ जना,मकवानपुरगढी भित्रका ५ जना,बागमती र बकैया भित्रका ४र४ जना,कैलाश र राक्सिराङ भित्रका २र२ जना रहेका छन् ।


























