तालिवान प्रतिनिधि वार्ता गर्न अफगान राष्ट्रपतिको कार्यालय जाँदै
शान्ति पूर्ण सत्ता हस्तान्तरणबारे छलफल गर्न तालिवान प्रतिनिधिले अफगानिस्तानका राष्ट्रपति असरफ घानीसँग भेट्ने भएका छन्।
अमेरिकी समाचार संस्था एपीका अनुसार उनीहरु घानीलाई भेट्न राष्ट्रपति कार्यालय जाँदैछन्। तालिवान लडाकुहरुले काबुललाई चारैतिरबाट घेरेसँगै शान्तिपूर्ण शत्ता हस्तान्तरणका लागि वार्ताको प्रयास हुन लागेको उल्लेख गरिएको छ।
तालिवान प्रवक्ताले आइतबार एक विज्ञप्ति जारी गर्दै लडाकुहरुलाई काबुलको गेटमै रहिरहन निर्देशन दिएको बताएका थिए। आफुहरु कसैको ज्यान लिने पक्षमा नरहेको उल्लेख गर्दै विज्ञप्तिमार्फत शान्तिपूर्ण सत्ता हस्तान्तरणका लागि अपिल गरिएको थियो।


























