माधव समूहले तयार गर्यो नयाँ पार्टीको नाम र चुनाव चिन्हका विकल्पहरु

काठमाडौँ – पार्टी विभाजनको संघारमा रहेका बेला नेकपा एमालेको नेता माधवकुमार नेपाल पक्षले नयाँ पार्टीको सम्भावित नाम र चुनाव चिन्हबारे विकल्पहरु तयार गरेका छन्।

दल विभाजन सम्बन्धी अध्यादेश जारी भएपछि नेपाल समूहले नयाँ पार्टी गठनको तयारी गरेको हो। नेपाल समूहको नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने तयारी छ।

यस्तै सम्भावित नामको सूचिमा नेकपा समाजवादी वा नेकपा एमाले (क्रान्तिकारी)पनि रहेको स्रोतले जानकारी दिएको छ। तर नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) हुने सम्भावना बढी रहेको छ।

यस्तै सो पार्टीको चुनाव चिन्ह ताराभित्र हँसिया हथौडा वा कलश, दियो, पुस्तक राख्ने तयारी पनि सो समूहले गरेको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले दल विभाजन सहज हुने व्यवस्थासहितको अध्यादेश पारित गरेर प्रमाणिकरणका लागि राष्ट्रपतिलाई सिफारिस गरेको छ।

केन्द्रीय समिति वा संसदीय दलका २० प्रतिशत नेताको समर्थनमा दल विभाजन गर्न सक्ने व्यवस्था सो अध्यादेशमा छ।

नेता नेपाल पक्षले अध्यादेश जारी भएपछि नयाँ पार्टी घोषणा गर्ने गरि विधानसहितको तयारीमा पनि काम गरिरहेको छ। सो पार्टीको केन्द्रीय कमिटी ६० देखि ९० सदस्यीय हुने पनि जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*