नेकपा एमालेका अध्यक्ष ओलीले भक्तपुरमा विशेष सम्बोधन गर्दै

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज भक्तपुरमा विशेष सम्बोधन गर्ने भएका छन्।

एमाले भक्तपुरको आयोजनामा हुने कार्यक्रममा ओलीले विशेष सम्बोधन गर्न लागेका हुन्।

दिउँसो २ बजे चुनदेवीस्थित इम्पेरियल ब्याङ्क्वेटमा कार्यक्रम सुरु हुने छ।

वरिष्ठ नेता माधव नेपालले एमालेबाट विद्रोह गरेर नयाँ पार्टी (नेकपा एमाले समाजवादी) दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको भोलिपल्ट ओलीले विशेष सम्बोधन गर्न लागेका हुन्।

आजै एक अर्को कार्यक्रममा माधव नेपालले पनि सम्बोधन गर्ने तालिका छ।

समाजवादी केन्द्र नेपालले आयोजना गर्न लागेको ‘एक्काइशौँ शताब्दीको मार्क्सवाद र समाजवाद’ विषयक अन्तरक्रिया कार्क्रममा माधव नेपालसहित पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा। बाबुराम भट्टराईले पनि एकै मञ्चबाट सम्बोधन गर्न लागेका हुन्।

बिहान ११ः३० बजेदेखि नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा उक्त कार्यक्रम सुरु हुने छ।

उक्त अन्तरक्रिया कार्यक्रममा वामदेव क्षेत्री ९घिमिरे० द्वारा लिखित ‘कृषि र समाजवाद’ नामक पुस्तक पनि विमोचन हुने कार्यक्रम पनि रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*