ठाकुर नेतृत्वको लोसपामा १४ सांसद र १७ कार्यकारिणीको साथ

काठमाडौं। जसपाबाट विभाजित भई महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गर्नका लागि उक्त पार्टीका नेताहरुले निर्वाचन आयोग पुगेर सनाखत गरेका छन् ।

जनता समाजवादी पार्टीबाट छुट्टिएर नयाँ पार्टी दर्ता गर्न संघीय संसदका १४ जना सांसद बुधबार आयोग पुगेर सनाखत गरेका हुन् ।

लोसपा दर्ताका लागि आयोगमा पुगेर प्रतिनिधि र राष्ट्रिय सभाका १४ सांसदले सनाखत गरेको नेता केशव झाले जानकारी दिनुभएको हो ।

निलम्बित सांसद रेशम चौधरीले पनि कारागारबाटै मञ्जुरीनामा दिएर नयाँ दल दर्तामा समर्थन गरेका छन् ।

चौधरीसहित प्रतिनिधि सभाका १३ र राष्ट्रिय सभाका एक जना सांसदले नयाँ पार्टी दर्ताका लागि सनाखत गरेको झाले जानकारी दिनुभयो ।

महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, निर्जला राउत, विमलप्रसाद श्रीवास्तव, उमाशंकर, एकवाल मियाँ, चन्द्रकान्त चौधरी, दुलारीदेवी खँग खत्वे, कल्लुदेवी विश्वकर्मा, शेखरकुमार सिंहसहितका सांसदले नयाँ दल दर्ताका लागि सनाखत गरेका हुन् ।

यसैगरी, जसपाका १७ जना कार्यकारिणी समिति सदस्यले लोसपा दर्ताका लागि निर्वाचन आयोगमा पुगेर सनाखत गरेको वरिष्ठ नेता शरदसिंह भण्डारीले बताउनुभयो ।

जसपाका ५१ कार्यकारिणी सदस्यमध्ये यसअघि निर्वाचन आयोगमा सनाखत हुँदा १६ जना मात्रै ठाकुर पक्षमा थिए । योसँगै जसपा विभाजनका लागि ठाकुर पक्षले केन्द्रीय समिति र संसदीय दल दुबैतिर २० प्रतिशत पुर्‍याएको हो ।

हस्ताक्षर सनाखतका लागि लोसपा र नेकपा ९एकीकृत समाजवादी० पार्टीलाई अलग अलग स्थान तय गरिएको थियो । सम्बन्धित दललाई छट्टयाएको स्थानमा पुगेर ती दलका नेताहरुले आयोग अधिकारीको रोहबरमा भौतिक रुपमा उपस्थित भई सनाखत गरेका हुन् ।

दलको सनाखतका लागि बिहान ११स्३० बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*