हेटौंडामा मापसे गरेर ट्रक चलाउने एक जना पक्राउ

हेटौंडा । मादक पदार्थ सेवन (मापसे) गरेर लामो दूरीको ट्रक चलाउने एक जना चालक पक्राउ परेका छन् ।

गएराति हेटौंडा १० स्थित सडकखण्डमा वडा प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी चेकीङ टोलिले एक ट्रक चालकलाई नियन्त्रणमा लिएको हो ।

बिरगंजबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ५ ख ४६ ९३ नंबर को ट्रकलाई चेकजाँच गर्दा उक्त ट्रकका चालक जिल्ला सिन्धुली कमलामाई ७ बस्ने ३८ वर्षीय कुमार भुजेलले मादक पदार्थ सेवन गरी लापारवाही पूर्वक उक्त ट्रक चलाएको पाईएपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । भुजेलमाथि आवश्यक कारवाही भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*