शिवम् को विवाद चरमोत्कर्षमा , खानी बन्द गर्ने चेतावनी

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१६ हटियास्थित शिवम् सिमेन्ट उद्योगको विवाद चरमोत्कर्षमा पुगेको छ ।

विशेषगरी मकवानपुरगढी गाउँपालिका २,३,६,७,८, मा पर्ने  शिवम् को खानीका कारण बर्षौंदेखि समस्या खेप्दै आएका स्थानीयको गुनासोसँगैको विवाद चरमोत्कर्षमा पुगेको हो । बस्ती तथा भूमि संरक्षण समूहममार्फत शिवम् लाई खानीका कारण आफुले भोग्दै आएका समस्या समाधानका लागि अनुरोध गर्दै आएका छन् । शिवम्सँगै स्थानीय तह र प्रशासनबारे जानकार छ ।

तर, समस्या समाधान नहुँदा अब समूहले खानीमा अवरोध सिर्जना गरेर चुनढुंगा उत्खनन्मा रोक लगाउने सम्मको चेतावनी दिएको छ । मकवानपुरको वडा सचिवसमेत रहेका समूहका पुस्कर तिमल्सिनाले खानी बन्द गरेर उत्खनन् रोक्नु समाधान नभएपनि पुस ११ गते सम्पूर्ण खानी र ढुवानी बन्द गर्न लागिएको बताए ।

‘पटकपटक शिवम्  को ध्यानाकर्षण गराएकाले यसबिरुद्ध सिंगो बस्ती नै उत्रने छ ।’ उनले भने, ‘संविधानको मौलिक हकमा भएको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको लागि आफूहरुले खानी बन्द गरेर उचित व्यवस्थापनको लागि आन्दोलन गर्ने तयारी गरिरहेको उनले बताए ।

बस्ती सुरक्षाको उचित व्यवस्थापन गर्न जिल्ला प्रहरी कार्यालय र मकवानपुर प्रशासनलाई जानकारी दिइने उनले जानकारी दिए ।

खानी उत्खनन्पछि सिमेन्ट उत्पादनका लागि आवश्यक नपर्ने ढुंगा, माटो, कंक्रिट शिवम् ले जथाभावी फालिदिँदा जंगल क्षेत्रमा ढुंगा बढी भएकोले खानीभन्दा तल रहेका बस्ती बर्षात्मा जोखिममा पर्ने भन्दै स्थानीयले ध्यानाकर्षण गराउँदै आएका थिए ।

यसअघि पनि स्थानीयले अवरोध गरेसँगै गतवर्ष खानीले आवश्यक नभएको ठूला ढुंगा, माटोको उचित व्यवस्थापन गरेको थियो । खानी उत्खनन् गर्दा आवश्यक नभएको ढुंगा माटो उचित व्यस्थापन नहुँदा सामरी खोलाको बगर भरिने र बर्खामा खोला बस्तीमा छिर्ने गरेको स्थानीयको भनाइ छ ।

शिवम् ले डाँडानै उत्खनन् गर्दा दिनप्रति दिन सिंगो बस्तीनै उच्च जोखिममा रहँदा पनि सरोकारवालाले दीर्घकालीन समाधान खोज्न नसकेको स्थानीयको आरोप छ । ३ वर्षदेखि नै यस विषयमा बस्ती तथा भूमि संरक्षण समूह मकवानपुगढीले शिवम् सिमेन्ट, मकवानपुरगढी गाउँ– पालिकाको ध्यानाकर्षण गराउँदै आएको छ ।

स्थानीयले ध्यान नराएसँगै खानीले जथाभावी माटो ढुंगा फाल्दै आएको छ । शिवम् सिमेन्टको हाल खोटार खानी र कलवान खानी सञ्चालनमा छ । यस्तै, चपकी खानी भने अहिले सञ्चालनमा छैन । खानी उत्खनन् गरेर शिवम्ले आफूलाई चाहिने मात्र चुनढुंगा लैजाने गरेको छ । आवश्यक नभएको माटो, टुक्राटुक्रा ढुंगालाई अस्तव्यस्त तरीकाले राख्ने गरेको स्थानीयको गुनासो छ । साझाकुराबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*