बंगलादेशमा डुङ्गामा आगलागी हुँदा २७ जनाको मृत्यु, १०० जना घाइते

एजेन्सी । बङ्गलादेशको राजधानी ढाकाबाट करिब २०० किलोमिटर दक्षिणमा रहेको झलोकाटी जिल्लाको एउटा नदीमा शुक्रबार बिहान ९फेरी० डुङ्गामा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने अन्य १०० जना घाइते भएका छन् ।

ढाकाबाट दक्षिणी बङ्गलादेशको बरगुना जिल्लामा करिब १,००० मानिस बोकेको उक्त डुङ्गा आगलागी भएको झलोकाटी जिल्लाका अधिकारी मोहम्मद नजमुल आलमले बताएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*