बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई कोरोना संक्रमण
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
बागमती प्रदेश सरकार प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनाल अनुसार मुख्यमन्त्री पाण्डेलाई साउन १४ गते कोरोना पुष्टि भएको हो ।
मुख्यमन्त्री पाण्डे हाल होमआइसोलेसनमा उपचाररत रहेको बताईएको छ ।























